गणेशसिंहको घरमा प्रहरी छापा, जुवातास खेलिरहेका १० जना पक्राउ

काठमाडौं । प्रहरीले दार्चुलाबाट जुवातास खेल्ने व्यक्तिहरूलाई पक्राउ गरेको छ ।

महाकाली नगरपालिका–४ बांगाबगर बस्ने ५० वर्षीय गणेशसिंह बुढाथोकीको घरमा जुवातास खेलिरहेको अवस्थामा बुढाथोकी समेत १० जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार ५ सय ६८ रूपियाँ र १० थान तासका गड्डीसहित फेला पारी पक्राउ गरेको हो ।

Published : Saturday, 2023 April 8, 4:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया