काठमाडौंबाट २७ वर्षीया महिला पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनले २७ वर्षीया निमा ल्हामो गुरुङलाई पक्राउ गरेको छ ।

तिब्बतीयन नागरिक निमालाई नेपाली नागरिकता लिएको आरोपमा चैत २३ गते बौद्धबाट प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

निमा काठमाडौंको बौद्धस्थित तिब्बतीयन शरर्णार्थी शिविरमा बस्दै आएकी थिइन् । उनी भारतीय बाटो भएर दुई वर्षअघि नेपाल आइपुगेकी हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले यसअघि नेपाली नागरिकता बनाउने गिरोहका केही सदस्यलाई पक्राउ गरिसकेको छ । त्यसमा नेपाली नागरिकता लिएका एक तिब्बतीयन नागरिक पनि थिए ।

Published : Friday, 2023 April 7, 11:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया