तुलसी सहकारीका अध्यक्ष फरार, ३ जना जेल चलान

विराटनगर । तुलसी बहुमुखी सहकारीका दुई पदाधिकारीसहित तीन जनालाई पुर्पक्षका लागि जेल चलान भएका छन् ।

जिल्ला अदालत, मोरङले सहकारीका ३ जनालाई थुनामा राख्न आदेश दिएको हो ।

सहकारीले १ हजार ३०७ बचतकर्ताको ५० करोड ८८ लाख ७८ हजार ७१८ रुपियाँ ठगी गरेको आरोप छ ।

प्रहरीले सहकारीका अध्यक्ष केदारनाथ शर्मासहितका ८ जनाविरुद्ध मुद्दा चलाएको छ ।

अदालतले उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक मन्दीप खवासलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

सहकारीका अध्यक्ष शर्मासहितका ५ जना भने फरार छन् ।

Published : Friday, 2023 April 7, 10:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया