तुलसी सहकारीका अध्यक्ष फरार, ३ जना जेल चलान
विराटनगर । तुलसी बहुमुखी सहकारीका दुई पदाधिकारीसहित तीन जनालाई पुर्पक्षका लागि जेल चलान भएका छन् ।
जिल्ला अदालत, मोरङले सहकारीका ३ जनालाई थुनामा राख्न आदेश दिएको हो ।
सहकारीले १ हजार ३०७ बचतकर्ताको ५० करोड ८८ लाख ७८ हजार ७१८ रुपियाँ ठगी गरेको आरोप छ ।
प्रहरीले सहकारीका अध्यक्ष केदारनाथ शर्मासहितका ८ जनाविरुद्ध मुद्दा चलाएको छ ।
अदालतले उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक मन्दीप खवासलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
सहकारीका अध्यक्ष शर्मासहितका ५ जना भने फरार छन् ।
Published : Friday, 2023 April 7, 10:34 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया