यी हुन उप–सचिवमा लिखितमा उत्तीर्ण भएकाहरू, अब अन्तर्वार्ता हुने

काठमाडौं । लोक सेवा आयोगले आन्तरिक प्रतियोगितातर्फ भएको उप–सचिव वा सो सरहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले उत्तीर्ण भएका परीक्षार्थीलाई अन्तर्वार्ताका लागि बोलाएको छ ।

आयोगले न्याय सेवा, प्रशासन सेवा, लेखापरीक्षण सेवा र संघीय संसद सेवाको आन्तरिक प्रतियोगितातर्फको परीक्षाको नतिजा प्रकाशन गरेको हो ।

उप–सचिवका लागि माघ २ र १० गते आयोगले परीक्षा लिएको थियो ।

उत्तीर्ण हुनेहरूमा अर्जुन शर्मा, आरती न्यौपाने, किरणचन्द्र सुवेदी, केशव सुवेदी, खडानन्द खत्री, गीता घिमिरे, चिरञ्जीवी भण्डारी, जुनु हमाल ढकाल, दीवाकर भुजेल, देवेन्द्र सापकोटा रहेका छन् ।

त्यसैगरी, नरेशकुमार यादव, निमेष मिश्र, मदन मगराती, मित्रप्रसाद घिमिरे, राजु खनाल, राममणि अधिकारी, विजयकुमार शर्मा, सरस्वती जोशी र सुषमा महत केसी, सूर्यप्रसाद चापागाइँ, हरिबहादुर भुजेल र हिमाल गौतम पनि उत्तीर्ण भएका छन् ।

Published : Friday, 2023 April 7, 10:01 am

फेसबुकबाट तपाईको प्रतिक्रिया