मीनभवन प्रहरीद्वारा धासापीबाट दुई युवक पक्राउ
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनले निमा तामाङ (आशिष तामाङ) र कुशल श्रेष्ठलाई पक्राउ गरेको छ ।
प्रहरीले २१ वर्षीय आशिष तामाङ र २१ वर्षीय कुशल श्रेष्ठलाई चैत २० गते धापासीबाट पक्राउ गरेको मंगलबार प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक रवन्द्र रेग्मीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं. ३ स्थायी घर भइ हाल काठमाडौंको टोखा नगरपालिकाको वडा नं. ६ धापासी बस्दै आएका आशिषले नक्कली फेसबुक आईडी बनाएर नबालिका किशोरीलाई बोलाएर बलात्कार गरेको अभियोग लागेको छ ।
आशिषले ती किशोरीलाई चैत ६ गते टोखा नगरपालिकाको वडा नं. ३ ग्राण्डी अस्पताल नजिकै रहेको गेष्ट हाउसमा लगेर काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिका वडा नं. ७ स्थायी घर भइ हाल धासापी बस्दै आएका कुशल श्रेष्ठलाई बोलाएर नाबालिक किशोरीलाई रातभरि सामूहिक बलत्कार गरेको प्रहरीले जनाएको छ ।
आशिषले ती किशोरीलाई भेट्न बोलाएका थिए । त्यसपछि गेष्ट हाउसमा लगेर आफ्ना साथी कुशललाई बोलाएर बलात्कार गरेका थिए ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया