लक्ष्मीको ग्याङविरुद्ध नेविसंघद्वारा पद्मकन्या क्याम्पसमा प्रदर्शन
काठमाडौं । नेपाल विद्यार्थी संघ ईकाइ कार्यसमितिकी सभापति सगुन कँडेललाई कुटपिट गरेको बिरोधमा पद्मकन्या क्याम्पस (पीके) परिसरमा विद्यार्थीले प्रदर्शन गरेका छन् ।
लक्ष्मी दाहाल नेतृत्वको ग्याङले केही दिन अगाडि सभापति कँडेललाई कुटपिट गरेको थियो । कुटपिटबाट घाइते सभापति कँडेलको टाउकोमा गम्भीर चोट लागेको छ । कँडेलको अस्पतालमा उपचार भइरहेको छ ।
सभापति कँडेलमाथि कुटपिट भएको विरोधमा आइतबार पीके क्याम्पसको हाताभित्र विद्यार्थीले प्रदर्शन गरेका हुन् । उनीहरूले अराजक र कुटपिटमा संलग्नहरूलाई कारबाहीको माग गरेका छन् ।
विद्यार्थीले ‘स्वास्थ्य लाभको कामना सगुन कँडेल’ लेखिएको प्लेकार्ड बोकेर क्याम्पसलाई शान्ति क्षेत्र बनाउन माग गरेका छन् । निर्वाचन कार्यलयमा लगाइएको तालासमेत फोड्दै प्रदर्शनकारी विद्यार्थीले पिके क्याम्पसमा अशान्ति मच्चाउने समूहलाई औकातमा बस्न चेतावनी दिएका छन् ।
स्वतन्त्र विद्यार्थी युनियनमा नेपाल विद्यार्थी संघबाट समानुपातिक प्रतिनिधित्व कसले गर्ने भन्ने विषयमा विवाद भएको थियो । सोही विवादलाई लिएर शान्तिपूर्ण तरिकाले समस्याको समाधान खोज्नुपर्नेमा लक्ष्म दाहालको ग्याङले सभापति कँडेललाई कुटपिट गरेको थियो । ग्याङ लिएर कुटपिट गर्ने लक्ष्मी दाहाल नेविसंघ पद्मकन्या क्याम्पसको ईकाइको पूर्व सभापति पनि हुन् । समानुपातिकबाट स्ववियु उपाध्यक्ष निर्वाचित भएकी कँडेलको टाउकोमा चोट लागेको छ ।
कुटपिटबाट घाइते भएकी कँडेललाई भेट्न नेविसंघ अध्यक्ष दुजाङ शेर्पा, महामन्त्री विश्वप्रकाश शर्मालगायतका नेता अस्पताल पुगेका छन् ।
लक्ष्मी दाहाल गगन थापा र शेखर कोइराला निकट मानिन्छिन् । सभापति पदबाट बर्खास्त गरेर कँडेललाई सभापति बनाएपछि लक्ष्मी दाहाल रिसले आगो बनेकी छिन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया