निजी बैंकहरू मिटरब्याजी भएको कांग्रेस सांसद खतिवडाको खुलासा, गाउँका जनताको कुरा राखे
काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य रामहरि खतिवडाले ऋण तिर्न नसकेर गाउँमा धेरै सर्वसाधारण समस्यामा रहेको बताएका छन् ।
प्रतिनिधि सभाको आइतबार बसेको बैठकमा उप–प्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रश्न गर्दै कांग्रेसका सांसद खतिवडाले ऋण तिर्न नसकेर काठमाडौं आउनेहरू मात्रै मिटरब्याजका पीडित नरहेको बताए । उनले मिटरब्याजका पीडितहरू गाउँमा झन् धेरै रहेको बताएका छन् ।
उनले भने, ‘मिटरब्याजीहरू गाउँमा साहुसँग ऋण लिएर तिर्न नसकेर आउने मात्र मिटरब्याजी छैनन् । सरकारले एउटा यस्तो निर्णय गरोस् मेरो गाउँको एउटा किसानले बैंकबाट ३० हजार लोन (ऋण) लिएको थियो । अहिले ५ वर्षमा १० लाख पुगेछ । ३० हजारको १० लाख लिने मिटरब्याजी हो कि होइन ? यस्तालाई रोक्न सरकारले के नियम ल्याउँदैछ त्यो पनि स्पष्ट गरिपाउँ ।’
‘दश रुपियाँ लियो भने १५ रुपियाँ कि २० रुपियाँ तिर्ने ? त्योभन्दा नर्तिनका लागि एउटा नियम संसदबाटै अनुमोदन हुने व्यवस्था होस्’, कांग्रेसका सांसद खतिवडाले भनेका छन् ।
केही नीति बैंकहरूले पनि साना ऋणिहरूलाई गाउँमा हैरान बनाएका छन् । ती बैंकहरूबाट गाउँका सर्वसाधारण निकै पीडित छन् । ती गाउँका पीडितहरूको आवाज कांग्रेसका सांसद खतिवडाले संसदमा कुरा राखेका छन् ।
पहुँचवाला र राजनीतिक शक्तिको आडमा ऋण लिएर नतिर्नेहरूले सधैं मोजमस्ती र चयन लिएर बसेका छन् ।
तर, गाउँको साधारण मानिस बैंक वा वित्तीय संस्थाबाट लिएको ऋणको ब्याज र साँवा तिर्दा पनि घरबार बिहीन हुन पुगेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया