जुवातास काण्डमा काठमाडौंबाट वाइबा पक्राउ परिन्, १२ जना साथीहरू पनि पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई पक्राउ गरेको छ ।

गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्ती पहेलो पुल नजिक ४० वर्षीया सञ्चीमाया वाइबाको टिनको टहरामा जुवातास खेलिरहेको अवस्थामा वाइबा समेत १२ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५९ हजार ८५ रूपियाँ र १६ थान कौडासहित फेला पारी पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यसैबीच, प्रहरीले रूकुम पूर्वको सिस्ने गाउँपालिका–४ काँडास्थित जंगलमा वेवारिसे अवस्थामा रहेको ५ थान भरुवा बन्दुक आइतबार बिहान प्रहरीले बरामद गरेको छ ।

अस्थाई प्रहरी पोष्ट धाउन्नेबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।

Published : Sunday, 2023 April 2, 5:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया