कांग्रेस र सभापति देउवाले दिएको पहिचान र गुन नभुल्न डा.वाग्लेलाई खतिवडाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले डा.स्वर्णिम वाग्लेलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका छन् ।

शुक्रबार नेता खतिवडाले डा.वाग्लेलाई फोन गरेर कांग्रेस पार्टी नछाड्न सुझाव दिएका हुन् । उनले भने, ‘डा.स्वर्णिम वाग्लेजीलाई कांग्रेस नछाड्न आग्रह गरेको छु । उहाँले जहाँ भए पनि सहकार्य गरेर जानेछु भन्नुभयो ।’

प्रतिनिधि सभाका सांसद समेत रहेका नेता खतिवडाले कांग्रेसले गर्दा मानसम्मान, उच्च पद पाएको भन्दै डा.वाग्लेलाई स्मरण गराएका छन् । कांग्रेसले दिएको पहिचानलाई नजरअन्दाज नगर्न खतिवडाले डा.वाग्लेलाई आग्रह गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाको योगदान लोकतन्त्रका लागि ठूलो रहेको भन्दै खतिवडाले डा.वाग्लेलाई कांग्रेसको गुन नभुल्न आग्रह गरेका छन् ।

Published : Friday, 2023 March 31, 6:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया