शसस्त्र प्रहरीको प्रवक्तामा एसएसपी खड्का नियुक्त

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता तथा सूचना अधिकारीमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्का नियुक्त भएका छन् ।

सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक खड्कालाई प्रवक्ताको जिम्मेवारी दिइएको बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।

यसअघि प्रवक्ता तथा सूचना अधिकारी रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापाको सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंमा सरुवा भएपछि वरिष्ठ उपरीक्षक खड्कालाई उक्त जिम्मेवारी दिइएको हो ।

संगठनसँग सम्बन्धित सूचना तथा जानकारीको लागि खड्कालाई सम्पर्क गर्न सकिनेछ ।

Published : Thursday, 2023 March 30, 5:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया