राष्ट्रपतिको राजनीतिक सल्लाहकारमा थापा नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा नेपाली कांग्रेस नेता तथा पूर्वमन्त्री सुनिलबहादुर थापा नियुक्त गरेका छन् ।

नेता थापालाई राजनीतिक सल्लाहकार नियुक्त गरिएको स्रोतले जनाएको छ । थापा कांग्रेसका पूर्व सह–महामन्त्री पनि हुन् ।

यसअघि, राष्ट्रपति पौडेलले आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल र कानूनी सल्लाहकारमा बाबुराम कुँवरलाई नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले परराष्ट्र सल्लाहकारमा सुरेश चालिसे र स्वकीय सचिवमा चिरञ्जीवी अधिकारीलाई नियुक्त गरेका छन् ।

पौडेलले स्वकीय सचिवालयमा खिला कार्कीलाई नियुक्त गरिसकेका छन् ।

Published : Thursday, 2023 March 30, 1:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया