राष्ट्रपतिको राजनीतिक सल्लाहकारमा थापा नियुक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा नेपाली कांग्रेस नेता तथा पूर्वमन्त्री सुनिलबहादुर थापा नियुक्त गरेका छन् ।
नेता थापालाई राजनीतिक सल्लाहकार नियुक्त गरिएको स्रोतले जनाएको छ । थापा कांग्रेसका पूर्व सह–महामन्त्री पनि हुन् ।
यसअघि, राष्ट्रपति पौडेलले आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल र कानूनी सल्लाहकारमा बाबुराम कुँवरलाई नियुक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले परराष्ट्र सल्लाहकारमा सुरेश चालिसे र स्वकीय सचिवमा चिरञ्जीवी अधिकारीलाई नियुक्त गरेका छन् ।
पौडेलले स्वकीय सचिवालयमा खिला कार्कीलाई नियुक्त गरिसकेका छन् ।
Published : Thursday, 2023 March 30, 1:57 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया