आईजीपीका दाइसहित दुई जना राष्ट्रपतिको सल्लाहकारमा नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुई जना सल्लाहकार नियुक्त गरेका छन् ।

बुधबार राष्ट्रपति पौडेलले कानूनी र अर्थविज्ञ सल्लाहकार नियुक्त गरेका हुन् । पौडेलले कानूनी सल्लाहकारमा बाबुराम कुँवरलाई नियुक्त गरेका छन् ।

पूर्व महान्यायाधिवक्ता समेत रहेका कुँवर यसअघि गण्डकी प्रदेशको प्रदेश प्रमुख थिए । कुँवर नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरका दाइ हुन् ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाका पालामा कुँवर महान्यायाधिवक्तामा नियुक्त भएका थिए ।

पौडेलले प्रमुख आर्थिक सल्लाहकारमा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर चिरञ्जीवी नेपाललाई नियुक्त गरेका छन् ।

Published : Wednesday, 2023 March 29, 8:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया