राष्ट्रपति पौडेलसँग आयोगका अध्यक्ष अन्सारीद्वारा भेट, रमजानको शुभकामना प्रदान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुस्लिम समुदायको रमजान पर्वका अवसरमा शुभकामना प्रदान गरेका छन् ।

बुधबार शीतल निवासमा राष्ट्रपति पौडेलले मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीसँगको भेटवमा रमजान पर्वका अवसरमा सम्पूर्ण मुस्लिम समुदायलाई शुभकामना दिएका हुन् । उनले रमजान पर्वले सबै धर्म र सम्प्रदायमा भाइचारा ल्याउनेमा विश्वास लिएको बताएका छन् ।

आयोगका अध्यक्ष अन्सारीले राष्ट्रपतिमा निर्वाचित भएकोमा पौडेललाई समस्त मुस्लिम समुदायको तर्फबाट बधाइ र शुभकामना प्रदान गरेका छन् ।

राष्ट्रपति पौडेलले आयोगलाई सक्रिय बनाएर मुस्लिम समुदायको शिक्षा, स्वास्थ्यसहित हक, अधिकारको पक्षमा काम गर्न अध्यक्ष अन्सारीसँग आग्रह गरेका छन् ।

Published : Wednesday, 2023 March 29, 7:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया