तारा गाउँमा नेपाल–भारत सांस्कृतिक कला प्रदर्शनी

काठमाडौं । स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र सुशीला कला प्रतिष्ठानले बौद्धको तारा गाउँ संग्रहालयमा सप्ताह व्यापी ‘भारत–नेपाल कला संगम’ कला प्रदर्शनीको संयुक्त रुपमा उद्घाटन गरिएको छ ।

मंगलबार प्रदर्शनीको उद्घाटन भारतीय राजदूतावास, काठमाडौंका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले गरेका छन् ।

प्रदर्शनीमा ११ नेपाली युवा कलाकारले नेपाल र भारतबीचको मित्रता झल्काउने गरी दुई देशका विभिन्न स्मारक सम्बन्धि तयारपारेका ३८ वटा कला कृति राखिएका छन् ।

कला प्रदर्शनी तारा गाउँ संग्रहालयमा चैत १४ देखि १९ गतेसम्म चल्नेछ ।

सिजी उन्नति सांस्कृतिक भिलेज र अवानको सहयोगमा प्रदर्शनीको आयोजना भएको भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Published : Tuesday, 2023 March 28, 9:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया