एसएसपीद्वय बोहरा र बास्तोलाको काज सरुवा

काठमाडौं । नेपाल प्रहरीले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)द्वय भरत बोहरा र राजेशनाथ बास्तोलाको काज सरुवा गरेको छ ।

कोशी प्रदेशमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बास्तोलाको काज सरुवा भएको छ ।

सोमबार नेपाल प्रहरीको हेडक्वाटर नक्सालले सुदूरपश्चिम प्रदेशमा एसएसपी बोहराको सरूवा गरेको छ ।

बास्तोला र बोहरालाई निमित्त प्रमुखको रूपमा काज खटाइएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक (डीआइजी) पोषराज पोखरेलले बताएका छन् ।

बास्तोला सुदूरपश्चिम प्रदेशको तालिम केन्द्रमा कार्यरत छन् । एसएसपी बोहरा प्रहरी प्रधान कार्यालय महानिरीक्षकको कार्यालयमा कार्यरत छन् ।

Published : Monday, 2023 March 27, 10:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया