स्वास्थ्य मन्त्रालयका डा.देवकोटा र डा.बाराकोटी अतिरिक्त सचिवमा बढुवा

काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिक्त रहेको १२औं तहमा दुई जनालाई बढुवा गरेको छ ।

सरकारले डा.विकास देवकोटा र डा.टंक बाराकोटीलाई १२औं तहको अतिरिक्त सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदले केही समयअघि बढुवा सिमितिले सिफारिस गरेका तीन जनामध्ये डा.देवकोटा र डा.बाराकोटीलाई बढुवा गर्ने निर्णय गरेको उच्च स्रोतले जनाएको छ ।

मन्त्रालयको रिक्त १२औं तहका लागि २१ जनाले आवेदन दिएका थिए । बढुवा समितिले डा.देवकोटा, डा.बाराकोटी र डा.श्रीकृष्ण श्रेष्ठको नाम सिफारिस गरेको थियो ।

१२औं तहमा बढुवा भएकामध्ये डा.देवकोटा हाल लुम्बिनी स्वास्थ्य मन्त्रालयको सचिवका रुपमा कार्यरत छन् । डा.बाराकोटी प्रदेश अस्पताल भद्रपुरमा कार्यरत छन् ।

अतिरिक्त सचिवमा बढुवा भएका डा.देवकोटा दाङ जिल्ला निवासी हुन् । कोरोना महामारीका बेला डा.देवकोटा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता थिए ।

Published : Monday, 2023 March 27, 10:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया