गण्डकीमा कांग्रेस नेतृत्वमा सरकार बन्छ : सुरेन्द्रराज पाण्डे

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले कांग्रेसको नेतृत्वमा गण्डकी प्रदेश सरकार बन्ने बताएका छन् ।

सोमबार पोखरामा बसेको गण्डकी प्रदेश कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा पाण्डेले कांग्रेसको नेतृत्वमा आगामी प्रदेश सरकार बन्ने जानकारी गराएका हुन् । उनले भने, ‘नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने वातावरण बनेको छ, हाम्रै नेतृत्वमा सरकार बन्छ ।’

‘सरकार बनेपनि मन्त्रालयको संख्या बढ्नेछैन’, पाण्डेले भने, ‘बरु जनताबाट जस पाउने गरी काम गर्नुका साथै जनतालाई डेलिभरी दिनेगरी काममा प्रदेश सरकार लाग्नेछ ।’

‘पार्टी तहमा केन्द्र, प्रदेश र जिल्लाले जनमुखी कार्यक्रमहरू गर्दा नजुध्ने गरी काम गर्नुपर्छ’, उनले भनेका छन् ।

गण्डकी प्रदेशभित्र रहेका ११ जिल्लाका सचिव, कोषाध्यक्ष र सह–सचिवसँग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम गर्ने निर्णय भएको छ ।

पार्टी संगठन मजबुद बनाउनको लागि प्रदेशका ११ वटा जिल्लामा एकै पटक पार्टीको सदस्यता वितरणको अभियान चलाउने निर्णय गरिएको सभापति शुक्रराज शर्माले बताएका छन् ।

सभापति शर्माले अब ५ वर्षपछि निर्वाचनमा जाँदा जनताले प्रत्यक्ष मनन गर्नेगरी काम गर्नुपर्ने बताएका छन् ।

Published : Monday, 2023 March 27, 9:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया