आईजीपीको दौडमा पुच्छारमा परेपछि रिङ आउट भएका भण्डारीको बढुवामा बल्ल पालो आयो
काठमाडौं । नेपाल प्रहरीका चार जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरूलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस भएको छ ।
चैत १३ गते बसेको बढुवा समितिको निर्णयानुसार चार डीआईजीहरूलाई एआईजी बढुवाका लागि सिफारिस गरिएको सूचनामा उल्लेख छ ।
एआईजी बढुवा सिफारिसमा परेका डीआईजीहरूमा सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङ रहेका छन् ।
तत्कालीन समयमा एसएसपीबाट डीआईजी बढुवामा एक नम्बरमा निस्कन निकै दौडधुप गरे पनि भण्डारी पुच्छारतिर परेका थिए । त्यसपछि भण्डारी आईजीपी बन्ने दौडबाट रिङ आउट भएका थिए ।
यी चार जनामध्ये सुदीप गिरी निकै भाग्यमानि डीआईजीमा पर्छन् । गिरीलाई सबैले च्यापेपछि छोटो समयमा एसएसपीबाट डीआईजी र एआईजी हुने भाग्यमानि पर्छन् ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया