सेनामा डा.शर्मासहित ३ जनाको पदोन्नति, दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । नेपाली सेनाको प्राविधिक उपरथी दर्जामा पदोन्नति भएका प्राविधिक सहायक रथी डा.अरुण शर्मालाई प्रधान सेनापति प्रभुराम शर्माले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

सोमबार जङ्गी अड्डा भद्रकालीमा आयोजित कार्यक्रमकाबीच शर्माले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

पदोन्नति भएका प्राविधिक उपरथी डा. अरुण शर्मा सैनिक स्वास्थ्य महानिर्देशनालय (सैनिक मेडिकल कोर) को महानिर्देशकमा नियुक्ति भएका छन् ।

सोही अवसरमा प्रधान सेनापति शर्माले प्राविधिक सहायक रथी दर्जामा पदोन्नति भएका एक जना प्राविधिक महासेनानी र प्राविधिक महासेनानी दर्जामा पदोन्नति भएका एक जना प्राविधिक प्रमुख सेनानीलाई पनि पदोन्नति भएको दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

Published : Monday, 2023 March 27, 3:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया