कांग्रेस सांसद देवकोटाद्वारा घोराही–तुलसीपुर ज्यानमारा सडकको काम पूरा गर्न माग

काठमाडौं । नेपाली कांग्रेस राष्ट्रिय सभाकी प्रमुख सचेतक अनिता देवकोटाले सरकार विस्तार हुने क्रममा रहेको भन्दै नागरिकलाई केन्द्रमा राखेर कार्यक्रममा ल्याउनुपर्ने बताएकी छिन् ।

राष्ट्रिय सभाको आइतबार बसेको बैठकमा विशेष समयमा बोल्दै कांग्रेस सांसद देवकोटाले सरकारले नागरिकको हक अधिकारका लागि कार्यक्रम ल्याउन सक्यो कि सकेन त्यो महत्वपूर्ण रहेको बताएकी छिन् । उनले सरकारलाई यो वा त्यो बहानामा कुनै छुट नरहेको बताएकी छिन् ।

उनले भतरतपुरको एउटा विद्यालयमा विदाइ हुने क्रममा विद्यार्थीले ‘अब खाडीमा भेटौला है’ भनेर लेखेको कुराले निकै चिन्तित बनाएको बताएकी छिन् ।

सांसद देवकोटाले नागरिकको माग र पीडालाई सम्बोधन नगर्ने हो भने ठूलो मूल्य चुकाउनुपर्ने बताएकी छिन् । नागरिकता विधेयकका कारण धेरै नागरिकहरू नागरिकता विहीन बनेर बस्नु परेको देवकोटाले बताएकी छिन् ।

सांसद देवकोटाले संविधान संशोधन गरेर राष्ट्रपति र उप–राष्ट्रपति फरक लिङ्गको हुनुपर्ने बताएकी छिन् । उनले उप–राष्ट्रपतिमा महिलाको अधिकार कटौती भएको बताएकी छिन् ।

दाङको तुलसीपुरको टरिगाउँ विमानस्थललाई स्तरोन्नतिको माग गरेकी छिन् । उनले घोराही–तुलसीपुर सडक ५ वर्ष हुँदा समेत पूरा हुन नसकेको भन्दै चिन्ता जनाएकी छिन् । उनले घोराही–तुलसीपुर सडक ज्यानमारा सडकमा परिणत भएको बताएकी छिन् ।

सांसद देवकोटाले घोराही–कमिरे चौर–मुर्कुटी सडक अस्तव्यस्त रहेको भन्दै देवकोटाले सडक मर्मतसम्भारको माग गरेकी छिन् ।

उनले नारायणघाट–बुटवल सडक खण्ड २७ प्रतिशत मात्रै काम भएको भन्दै समयमा पूरा गर्न पनि सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

Published : Sunday, 2023 March 26, 10:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया