सञ्चारमाध्यमका विषयवस्तुको विश्वासनीयतामा प्रश्न उठ्यो : विपुल पोखरेल

काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पत्रकारिताप्रति प्रश्न उठ्ने गरेको भन्दै त्यसबाट भाग्न नसकिने बताएका छन् ।

राजधानीमा आइतबार आयोजित कार्यक्रममा पोखरेलले सञ्चारमाध्यमका विषयवस्तुको विश्वासनीयतामा प्रश्न उठ्ने गरेको भन्दै प्रश्नहरूलाई स्वीकार गरी विश्वासनीयता कायम राख्नुपर्ने बताए ।

हिजको पत्रकारिता अभ्यासका आधारमा गरिँदै आएको भन्दै उनले आज पत्रकारिताका लागि अध्ययन र प्रविधियुक्त रहेकाले पत्रकारिता पेशामा अवसर र चुनौति दुबै रहेको बताए ।

पूर्व सभापति डा.सुरेश आचार्यले पत्रकारिताले क्षेत्र पेशागत सिद्धान्तबाट विमुख हुँदा अन्य माध्यमहरू हाबी हुन थालेको बताएका छन् ।

प्रेस स्वतन्त्रताको उपभोगसंग जोडिएको विषयमा निरन्तर बहस र छलफल हुनुपर्नेमा जोड दिदै डा.आचार्यले सञ्चारमाध्यमका विषयजस्तु सामाजिक न्यायका लागि केन्द्रित हुनुपर्ने बताए ।

पूर्व अध्यक्ष महेन्द्र विष्टले आजको पत्रकारितामा विभिन्न चुनौति थपिएको बताएका छन् ।

‘आजको पत्रकारितमा अवसर र चुनौति दुबै छन्’, उनले भने, ‘यसलाई प्रविधि, शैली र समाज रुपान्तरणका हिसावले व्याख्या विश्लेषण गर्नुपर्छ ।’

उनले पत्रकारितामा कमी–कमजोरीहरू रहेको भन्दै आजको पत्रकारितालाई सच्याउन सकिएन अवको पत्रकारिता नसच्चिने समेत बताए ।

महासचिव रोशन पुरीले मूलधारको पत्रकारितामा कमी कमजोरी रहेको बताए । उनले मूलधारका सञ्चारमाध्यमले सामाजिक न्यायका विषयबस्तुलाई कम स्थान दिने गरेको बताए ।

उनले नेपाली सञ्चारमाध्यम प्रश्नहरूबाट गुज्रीरहेको भन्दै त्यसतर्फ ध्यान दिनुपर्ने बताएका छन् ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नेपाली पत्रकारिता क्षेत्रलाई समाजले कसरी हेरिरहेको छ ? यस विषयमा छलफल र समीक्षा हुनुपर्ने बताएका छन् ।

उनले सञ्चारमाध्यमले पत्रकारितको धर्म निर्वाह गरिरहेको छ कि छैन ? भन्दै पत्रकार आचारसंहिता र सञ्चार सम्बन्धी निर्देशिका पालना नगर्ने सञ्चारमाध्यमलाई कारबाही गर्ने बताएका छन् ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्काले सञ्चार क्षेत्रका विकृति विसंगती अन्त्यका लागि सञ्चार साक्षरता अभियान चलाउनुपर्ने बताएका छन् । उनले पत्रकारहरुले श्रमजीवी पत्रकार ऐन अनुसार पारिश्रमिक नदिने सञ्चारमाध्मलाई कारबाही गर्नुपर्ने बताएका छन् ।

त्रिभुवन विश्वविद्यालय, आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभाग प्रमुख प्राध्यापक चिरञ्जीवी खनालले विगतको पत्रकारिताको तुलनामा आजको पत्रकारिता माध्यमका रुपमा मात्रै फरक रहेको बताएका छन् ।

Published : Sunday, 2023 March 26, 7:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया