कराँते महासंघमा माओवादीका लामा अध्यक्षमा सर्वसम्मत

काठमाडौं । नेपाल कराँते महासंघको अध्यक्षमा युवराज लामा निर्विरोध चयन भएका छन् ।

राजधानीमा आइतबार सम्पन्न महाधिवेशनले लामाको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको हो ।

माओवादी केन्द्र निकटका लामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्य सचिव हुन् । उनी कराँतेका संस्थापक मध्येका एक हुन् ।

राखेपले गत माघ १२ गते ३ महिनाभित्र विधान मस्यौदा तयार गरी राखेपबाट स्वीकृत गराइ साधारण सभा तथा निर्वाचन सम्पन्न गर्ने गरी लामाको अध्यक्षतामा नेपाल कराते महासंघ, तदर्थ समिति गठन गरेको थियो ।

२०७५ फागुन १४ गते ३ महिनाभित्र महासंघको विधान संशोधन गरी निर्वाचन गर्ने गरी शम्भु आचार्यको नेतृत्वमा तदर्थ समिति गठन गरिएको थियो ।

जिम्मेवारी प्रदान गरिएको ४ वर्षसम्म शम्भुको समितिले महासंघको विधान संशोधन तथा निर्वाचन समेत गर्न नसकेपछि राखेपले लामाको अध्यक्षमा तदर्थ समिति गठन गरेको थियो ।

नवनिर्वाचित कार्यसमिमितको वरिष्ठ उपाध्यक्षमा हरिशरण केसी तथा उपाध्यक्षमा प्रकाशमोहन धौभडेल, देवकुमार लामा, मकेन्द्रबहादुर सिंह, ओमकृष्ण प्रसाईं, मजिन्द्र सिंह र श्याम शेर्पा रहेका छन् ।

दावा गुरुङले महासचिव, ध्वजमान मोक्तान र बलराम मित्रले सचिव तथा किशोरप्रसाद भट्टराईले कोषाध्यक्षको जिम्मेवारी पाएका छन् ।

रामबहादुर सिंह ठकुरी, सञ्जयसुन्दर सैजु, रवि महर्जन, हिक्मत थपलिया, ताराप्रसाद ओली, यादव काफ्ले, राजेन्द्र बराल र शशिकुमार तितुङ सदस्यमा चयन भएका छन् ।

कमला राना र सन्जयकुमार राई सदस्यमा मनोनीत भएका छन् । दीपेश शाक्य, विष्णु कार्की, निवासगोपाल वैद्य, हरि विष्ट र गणेश कार्कीलाई सल्लाहकारमा चयन भएका छन् ।

साधारणसभामा केन्द्रीय कार्यसमिति, सात प्रदेश तथा सितोरियो, वादोरियो, सोतोकान र गोजुरियाका गरी ६७ प्रतिनिधिको उपस्थिति रहेको थियो ।

Published : Sunday, 2023 March 26, 1:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया