एकीकृत समाजवादीबाट को–को मन्त्री बन्ने भए ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)बाट तीन जनाको मन्त्रीमा नाम चर्चामा छ ।

स्रोतका अनुसार उपध्यक्ष बेदुराम भुसालको नेतृत्वमा मेटमणि चौधरी, धनबहादुर बुढा वा भानुभक्त जोशीको सम्भावना रहेको बुझिएको छ ।

मन्त्री बन्न किसान राजेन्द्र पौण्डे, प्रकाश ज्वालालगायतका नेताहरूले पनि जोडबल गरेका छन् ।

एकीकृत समाजवादीले ३ मन्त्रालय माग गरेको छ । उसले कति मन्त्रालय पाउने हो केही भनिएको छैन ।

Published : Sunday, 2023 March 26, 1:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया