प्रचण्डको प्रधानमन्त्री गुम्न लागेको हो ? गगन थापाको नयाँ खुलासा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नो पद गुम्ला कि भन्ने डर रहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा थापाले मानिसलाई बढि पाउने इच्छा हुने भन्दै प्रधानमन्त्रीलाई पद गुम्ला कि भन्ने डर रहेको बताएका हुन् ।
महामन्त्री थापाले भने, ‘पूर्वप्रधानमन्त्रीहरूलाई फेरि प्रधानमन्त्री हुन पाइँदैन कि भन्ने चिन्ता उत्तिकै छ ।’
थापाले जुनसुकै ठाउँमा पुगेको भएतापनि मानिसलाई जति छ, त्योभन्दा बढि पाउने इच्छा भइरहने बताएका छन् ।
उनले भने, ‘अहिले म यसो नेताहरू हेर्छु, पटक–पटक प्रधानमन्त्री भइसकेका नेतालाई अर्को पटक प्रधानमन्त्री होला कि नहोला, पटक–पटक चुनाव जितेकालाई अर्काे पटक चुनाव नजित्ला कि भन्ने डर छ ।’
‘अहिले भइरहेका प्रधानमन्त्रीलाई भोलि बिहान अर्को मिलेर हटाइ देलान् कि भन्ने डर छ’, कांग्रेसका महामन्त्री थापाले भनेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया