मीनभवन प्रहरीद्वारा पाँच जनालाई पक्राउ
काठमाडौं । प्रहरीले विदेशी नागरिकहरूलाई नेपाली नागरिकता बनाइदिने व्यक्तिहरूलाई पक्राउ गरेको छ ।
प्रतिव्यक्ति ३ देखि ५ लाखसम्म लिएर तिब्बती नागरिकहरूलाई नेपाली नागरिकता बनाइदिने पाँच जनाको समूहलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
प्रक्राउ पर्नेमा झापाको कचनकवलका कृष्णबहादुर कटवाल, काठमाडौंको बबरमहलका न्युल्केश श्रेष्ठ, मोरङको सुन्दर हरैंचाका हीरालाल शिवाकोटी, तनहुँको शुक्लगण्डकीका लोप्साङ थिन्ले र ललितपुरको गोदावरीका विजय लामा रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको टोलीले उनीहरूलाई आइतबार बबरमहलबाट प्रक्राउ गरेको कार्यालयका प्रवक्ता तथा एसपी सोमेन्द्रसिंह राठौरले बताएका छन् ।
अहिलेसम्म यो टोलीले १० जना तिब्बती नागरिकलाई नेपाली नागरिकता बनाइदिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
उनीहरूले नेपाली व्यक्तिलाई १० हजार रुपियाँ दिएर नक्कली बाबुआमा बन्न प्रलोभन दिएर नागरिकता बनाउने गरेको खुलेको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया