आईजीपी सिंहद्वारा पाँच एआईजीहरूलाई फुली प्रदान
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरू दुर्ज्यानी चिन्ह (फुली) प्रदान गरेका छन् ।
बुधबार प्रहरी मुख्यालय नक्सालमा आयोजित विशेष समारोहमा आईजीपी सिंहले डीआईजीबाट एआईजीमा बढुवा भएका ५ जनालाई दुर्ज्यानी चिन्ह प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ ।
चैत ६ गतेको मन्त्रिपरिषदको निर्णयबाट प्रहरी नायब महानिरीक्षकबाट ५ जनालाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति गरिएको थियो ।
एआईजी पदमा पदोन्नति भएका बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई आईजीपी सिंहले दर्ज्यानी चिन्हद्वारा प्रदान गरेका छन् ।
आईजीपी सिंहले पदोन्नति भएका प्रहरी अधिकृतहरूको व्यक्तिगत, पारिवारिक र व्यावसायिक जीवनको सफलताको शुभकामना दिएका छन् ।
पदोन्नति भएका मध्यबाटै संगठन प्रमुख हुने भएकोले आगामी दिन संगठन प्रमुखको रुपमा प्राप्त हुने जिम्मेवारी बहन गर्नका लागि तयार रहन उनले निर्देशन दिएका छन् ।
सिंहले लामो समयपछि पदोन्नति सुचारू भएकोमा नेपाल सरकारप्रति आभार व्यक्त गर्दै संगठनको उच्च तहमा रहने प्रहरी अधिकृतहरूलाई चौतर्फी रुपमा चुनौतीको सामना गर्नुपर्ने भएकोले उक्त चुनौती र जिम्मेवारीलाई कुशलता पूर्वक निर्वाह गर्नुपर्ने बताएका छन् ।
प्रहरी अतिरिक्त महानिरीक्षक बसन्तबहादुर कुँवरलेप्रहरी महानिरीक्षकलगायत बढुवा प्रकियामा सहभागी सम्पूर्णप्रति आभार व्यक्त गरेका छन् ।
उनले पदोन्नतिसँगै गहन जिम्मेवारीको बढोत्तरी हुने हुँदा प्राप्त जिम्मेवारी कुशलतापूर्वक बहन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
यसैबीच, एआईजीमा बढुवा भएका ५ जनाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् । भेटमा आईजीपी सिंहको पनि उपस्थिति रहेको थियो ।


बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया