सीआईबीद्वारा बुढानिकलण्ठका श्रेष्ठलाई नयाँ बानेश्वरबाट पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले ४४ वर्षीय रमेशकुमार श्रेष्ठलाई पक्राउ गरेको छ ।

सोमबार व्यूरोको प्रहरी टोलीले श्रेष्ठलाई काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

श्रेष्ठ बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी हुन् । उनको स्थायी ठेगाना दोलखाको भीमेश्वर नगरपालिका–१ चरिकोटमा पर्छ । श्रेष्ठ हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१३ माईक्रोपार्कमा बस्दै आएका थिए ।

उच्च अदालत पाटनको २०७९ पुस २९ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १० दिन कैद र १३ लाख ५० हजार रूपियाँ जरिवाना सजाय ठहर गरेको थियो ।

कैद सजाय र जरिवाना भएपछि श्रेष्ठ फरार रहेका थिए । उनलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको छ ।

Published : Monday, 2023 March 20, 8:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया