ललितपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं । मोटरसाइकलको ठक्करबाट ललितपुरमा साइकल यात्रुको मृत्यु भएको छ ।

ललितपुर महानगरपालिका–१७ ग्वार्को चोकस्थित सडकमा बागमती प्रदेश ०२–००१ ब २२४७ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही महानगरपालिका–१७ भेल्पा बस्ने काभ्रेपलान्चोकको बेथानचोक गाउँपालिका–२ घर भएका ३४ वर्षीय बुद्धराज तिमिल्सिनाको शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको बी एण्ड बी अस्पताल ग्वार्कोमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनमा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Published : Monday, 2023 March 20, 1:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया