कौडा र पैसासहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले कौडा खेल्ने तीन जनालाई झापामा रंगेहात पक्राउ गरेको छ ।

गौरादह नगरपालिका–१ गौरादह बजारस्थित घरमा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका–३ बस्ने ३३ वर्षीय रुद्र भण्डारीसमेत ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

कौडा खेलिरहेका छन् भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरीले उनीहरूलाई ४५ हजार ९ सय ४५ रुपियाँ र १६ थान कौडासहित फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Published : Monday, 2023 March 20, 1:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया