मोहन बस्नेतको गृहनगरको ठूलो कलेजमा नेविसंघको शानदार जित

काठमाडौं । सिन्धुपाल्चोकको अरनिको कलेजमा नेपाल विद्यार्थी संघको शानदार जित भएको छ ।

बाह्रबिसे नगरपालिकामा रहेको कलेजमा नेविसंघका सन्दीप बस्नेत सभापतिमा निर्वाचित भएका हुन् । बस्नेतसहित अधिकांश पदाधिकारी र सदस्यहरूमा नेविसंघका उम्मेदवारहरू निर्वाचित भएका छन् ।

नेविसंघले अनेरास्ववियुका अधिकांश उम्मेदवारहरूलाई हराइदिएका छन् । केही पदाधिकारी र सदस्यहरूमा कम्युनिस्टले जितेका छन् ।

अरनिको कलेज नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतको गृहनगरमा पर्छ ।

यसैबीच कांग्रेस नेता बस्नेतले अरनिको कलेजमा निर्वाचित भएको कार्यसमितिलाई बधाइ दिएका छन् ।

‘मेरो गृहनगरपालिका सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकास्थित अरनिको कलेज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा अन्य सम्पूर्ण विद्यार्थी संगठनहरूको संयुक्त गठबन्धनलाई चुनौती दिँदै नेपाल विद्यार्थी संघबाट सभापतिमा सन्दीप बस्नेतको नेतृत्वमा बहुमत पदाधिकारीसहित सम्पूर्ण सदस्यहरू निर्वाचित हुनु भएकोमा हार्दिक बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु’, बस्नेतले भनेका छन् ।

उनले भनेका छन्, ‘विद्यार्थीका हक, हित र अधिकार स्थापित गर्नका निमित्त तपाईंहरूको कार्यकाल कोशेढुङ्गा सावित हुनेछ भन्ने अपेक्षासहित आफ्नो साथ र सहयोग सदा झैं निरन्तर रहिरहने प्रतिबद्धता जाहेर गर्दछु ।’

Published : Sunday, 2023 March 19, 11:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया