राजकिशोर यादवद्वारा लुकाएर राखिएको नागरिकता विधेयकको खोजी
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)का सांसद राजकिशोर यादवले नागरिकताको समस्या समाधान गर्न संसद सचिवालयमा अड्किएर रहेको विधेयकलाई ल्याउन माग गरेका छन् ।
प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा शून्य समयमा बोल्दै यादवले नागरिकता विधेयक संसदमा पेश गरेर पारित गर्न आग्रह गरेका हुन् । उनले लाखौं युवाहरू नागरिकताको समस्याबाट पीडित बनेको बताए ।
उनले भने, ‘सरकारसँग सोध्नुछ कि लाखौं युवाहरू नागरिकता नपाएर आफ्नो सम्मानित जीवनकार्य पनि गर्न सकिरहेका छैनन् । त्यो नागरिकता विधेयक कुन अवस्थामा कहाँ र कसरी अड्किएको छ ? कहिले आउँछ ? नागरिकताको समस्या कहिले समाधान हुन्छ ?’
जसपाका नेता यादवले किसानलाई सरकारले दिँदै आएको रासायनिक मलको अनुदान कटौती गरेर मूल्य बढाएको भन्दै विरोध जनाएका छन् ।
उनले भने, ‘हामी कृषि प्रधान देश भन्छौं । किसानहरूको मल नपाएर बेहाल छ । समयमा मल पाइँदैन । सरकारले मलमा दिँदै आएको अनुदान कटौती भएको छ । मलको भाउ बढाएको छ । यो सरकारले किसानप्रति कस्तो नीति अख्तियार गर्न खोजेको हो ? भन्ने कुरा जान्न चाहेको छु ।’
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया