राजकिशोर यादवद्वारा लुकाएर राखिएको नागरिकता विधेयकको खोजी

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)का सांसद राजकिशोर यादवले नागरिकताको समस्या समाधान गर्न संसद सचिवालयमा अड्किएर रहेको विधेयकलाई ल्याउन माग गरेका छन् ।

प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा शून्य समयमा बोल्दै यादवले नागरिकता विधेयक संसदमा पेश गरेर पारित गर्न आग्रह गरेका हुन् । उनले लाखौं युवाहरू नागरिकताको समस्याबाट पीडित बनेको बताए ।

उनले भने, ‘सरकारसँग सोध्नुछ कि लाखौं युवाहरू नागरिकता नपाएर आफ्नो सम्मानित जीवनकार्य पनि गर्न सकिरहेका छैनन् । त्यो नागरिकता विधेयक कुन अवस्थामा कहाँ र कसरी अड्किएको छ ? कहिले आउँछ ? नागरिकताको समस्या कहिले समाधान हुन्छ ?’

जसपाका नेता यादवले किसानलाई सरकारले दिँदै आएको रासायनिक मलको अनुदान कटौती गरेर मूल्य बढाएको भन्दै विरोध जनाएका छन् ।

उनले भने, ‘हामी कृषि प्रधान देश भन्छौं । किसानहरूको मल नपाएर बेहाल छ । समयमा मल पाइँदैन । सरकारले मलमा दिँदै आएको अनुदान कटौती भएको छ । मलको भाउ बढाएको छ । यो सरकारले किसानप्रति कस्तो नीति अख्तियार गर्न खोजेको हो ? भन्ने कुरा जान्न चाहेको छु ।’

Published : Sunday, 2023 March 19, 2:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया