कांग्रेस-माओवादीको साथ पाएपछि सभापति लामिछानेलाई हाइसञ्चो, कसैले पनि हल्लाउन नसक्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले राहदानीसम्बन्धी कसूरमा मुद्दा चलाउनु नपर्ने ठहर गरेको छ ।

सह–न्यायाधिवक्ता अच्युतमणि नेउपानेले लामिछानेविरुद्ध राहदानी कसूरमा मुद्दा नचलाउने निर्णय गरेको बताए । उच्च सरकारी वकिलको कार्यालय पाटनमा लामिबछानेविरुद्ध राहदानी कसूरमा मुद्दा चलाउन नपर्ने प्रतिवेदनसहितको पत्र पठाइएको नेउपानेले बताएका छन् ।

बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंले लामिछानेविरुद्धको राहदानी दुरुपयोगसम्बन्धी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

लामिछानेले आफू अमेरिकी नागरिक रहँदा–रहँदै नेपाली राहदानी लिए पनि त्यसको दुरुपयोग नगरेको जिकिर गरेको प्रतिवेदनमा उल्लेख छ ।

सभापति लामिछानेले अमेरिकी नागरिक रहँदै नेपाली राहदानी लिनुमा कुनै बदनीयत नरहेको र नेपाली नागरिकता कायमै रहेको अनुमान गरी राहदानी प्राप्त गरेको प्रहरीले तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।

प्रहरीले लामिछानेविरुद्ध राहदानीसम्बन्धी कसूरमा कुनै मुद्दा दायर गर्नुनपर्ने ठहर गर्दै सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो ।

मुद्दा चलाउनुपर्ने निर्णय भएमा उच्च अदालतले जिल्ला सरकारी वकिललाई अभियोग दायर गर्न निर्देशन दिन सक्छ । मुद्दा चलाउनुपर्ने नदेखिएमा उच्चले महान्यायाधिवक्ता कार्यालयलाई जानकारी गराउनुपर्छ ।

बिक्रम संवत् २०५० सालको फागुन १० गते नेपाली नागरिकता प्राप्त गरेका लामिछानेले अमेरिका प्रस्थान गरेपछि ०७० फागुन ९ गते अमेरिकाको नागरिकता प्राप्त गरेका थिए । त्यसपछि लामिछानेको नेपाली नागरिकता कायम थिएन ।

लामिछाने पारिवारिक भिसामा नेपाल आउँदा कायमै नरहेको नेपाली नागरिकताबाट ०७२ जेठ १३ गते नेपाली राहादानी प्राप्त गरेका थिए ।

नेपाली कांग्रेसका तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा सभापति लामिछानेले समर्थन गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समर्थन गर्ने निर्णय गरिसकेका छन् ।

Published : Sunday, 2023 March 19, 2:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया