रामहरि खतिवडाले सामुन्ने मै नाङ्गेझार बनाएपछि घिमिरे लाजले भुतुक्क

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य रामहरि खतिवडाले सभामुख देवराज घिमिरेको अभिव्यक्तिलाई लिएर आलोचना गरेका छन् ।

प्रतिनिधि सभाको आइतबार बसेको बैठकमा शून्य समयमा बोल्दै खतिवडाले सभामुख घिमिरेको अभिव्यक्तिले प्रेस स्वतन्त्रतामाथि आघात पुगेको बताएका छन् । उनले यो विषयमा सभामुखले गम्भीर रुपमा जवाफ दिनुपर्ने माग गरेका छन् ।

खतिवडाले भने, ‘सभामुखले पत्रकार बिक्रीमा छन् भन्ने अभिव्यक्ति दिएर चर्चामा हुनुहुन्छ । व्यवस्थापिकाको प्रमुखले नै यस्तो अभिव्यक्ति दिँदा प्रेस स्वतन्त्रतामाथि परेको आघातको बारेमा सोँचिएको छ कि छैन ? त्यतातिर पनि ध्यान जाओस् ।’

एमाले समर्थक सभामुख घिमिरेले दुई दिन अगाडि पत्रकारहरू बिक्रीमा रहेको भन्दै स्वतन्त्र प्रेसको दोहोलो काडेका थिए । सभामुख घिमिरेको अभिव्यक्तिको पत्रकार सम्बन्ध संघ संस्थाले विरोध गरिरहेका बेला कांग्रेसका सांसद खतिवडाले पनि विरोध गरेका छन् ।

कांग्रेसका सांसद खतिवडाले विरोध गर्दा सभामुख घिमिरे लाजले भुतुक्क भएका थिए ।

उनले क्रिकेट खेलाडीहरूलाई बधाइ र धन्यावाद समेत दिएका छन् । खेलाडीहरूले नेपालको शान र मानका लागि विशेष योगदान दिएको कांग्रेसका सांसद खतिवडाले बताएका छन् ।

उनले राम्रो क्रिकेट मैदानको व्यवस्था गर्न सरकारसँग माग पनि गरेका छन् ।

सरकारले रासायनिक मलको मूल्य वृद्धि गरेको र अनुदान घटाएको कुरा आएको भन्दै खतिवडाले मल समयमा दिने र अनुदान बढाउन माग गरेका छन् ।

खतिवडाले ओखलढुंगा–सोलुखुम्बु–खोटाङ जाने सोखु खोलामा पुलमा नबनेर गाडी जाम हुने अवस्था रहेको भन्दै तुरुन्त व्यवस्था गर्न माग गरेका छन् ।

उनले भने, ‘कटारी–ओखढुंगा बाटो ४६ किलोमिटरका लागि ६ घण्टा समय लाग्ने भएको छ । त्यसको पनि स्तरोन्नतिको लागि बजेट छुट्याएर बाटोको व्यवस्था होस् भन्ने अनुरोध गर्न चाहन्छु ।’

Published : Sunday, 2023 March 19, 2:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया