बेदुरामलाई महासचिवबाट हटाएर घनश्यामलाई मनोनीत

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले एमाले छाडेर आएका घनश्याम भुसाललाई महासचिवमा मनोनीत गरेको छ ।

काठमाडौंमा आइतबार बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले भुसाललाई महासचिव मनोनीत गर्ने निर्ण गरेको उप–महासचिव जगन्नाथ खतिवडाले बताएका छन् ।

हालका महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष मनोनीत गरिएको छ । नेकपा (एकीकृत समाजवादी)ले बेदुराम भुसाललाई महासचिवबाट बढुवा गरेर उपाध्यक्ष बनाएर घनश्याम भुसाललाई महासचिव बनाइएको छ ।

घनश्याम भुसालले मंसिर ४ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनभन्दा केही दिन अगाडि एमाले परित्याग गरेका थिए ।

एमालेका अध्यक्ष खड्गप्रसाद ओेलीले घनश्याम भुसाललाई प्रतिनिधि सभाको टिकट दिएका थिएनन् । पुस २९ गते घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका थिए ।

उपाध्यक्षहरु घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ साह र केशवलाल श्रेष्ठलाई केन्द्रीय सचिवालय सदस्यमा मनोनीत गरिएको उप–महासचिव जगन्नाथ खतिवडाले बताएका छन् ।

यसैबीच, एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ ।

एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने र संसदमा सत्तापक्षको बेन्चमा बस्ने निर्णय गरेको छ । खतिवडाका अनुसार सरकारमा जानेबारे छलफलमा निर्णय भएको छ ।

Published : Sunday, 2023 March 19, 1:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया