मोदीद्वारा ग्लोबल मिलेट्स सम्मेलनको उद्घाटन

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा नयाँदिल्लीमा भएको ‘ग्लोबल मिलेट्स (श्रीअन्न) सम्मेलन’को उद्घाटनमा भर्चुअल रुपमा सहभागी हुनुका साथै समारोहको प्रत्यक्ष प्रसारण गरिएकोछ ।

अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष–२०२३ को अवसरमा सम्मेलनको आयोजना गरिएको नेपालका लागि भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

दूतावासमा आयोजित कार्यक्रममा नेपाल सरकारको उद्योग, वणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकमार मरासिनी, नेपाल र भुटानका लागि खाद्य तथा कृषि संगठनका प्रतिनिधि केनशिमुजु, कृषि, उद्योग तथा कृषि संगठनका प्रतिनिधि र भारतीय समुदायका सदस्य गरी झण्डै ५० जना अतिथिको उपस्थिति रहेको विज्ञप्तिमा उल्लेख छ ।

दिल्लीमा भएको सम्मेलनमा मोदीले हुलाक टिकट र सिक्का सार्वजनिक गरेका छन् । मोदीले ‘ग्लोबल सेन्टर अफ एक्सिलेन्स इनमिलेट्स रिसर्च’ घोषित गरेका छन् ।

खाद्य सुरक्षा, पोषण तथा जलवायु सन्तुलनमा कोदोजन्य बालीको महत्वलाई प्रवर्धन गर्न हेतु सन् २०२१ मार्च ५ मा संयुक्त राष्ट्रसंघको महासभाले वर्ष २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्षको रुपमा मनाउने घोषणा गरेको थियो ।

महासभामा भारतसहित बंगलादेश, केन्या, नेपाल, नाइजेरिया, रुस र सेनेगलले अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्षसम्बन्धि संकल्प प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्तावलाई राष्ट्रसंघका ७० भन्दा बढी सदस्य राष्ट्रले समर्थन गरेका थिए ।

अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष–२०२३ लाई जनअभियानको रुपमा अघि बढाउन एवम् यो वर्षभपर देशभित्र र देश बाहिर हुने विभिन्न कार्यक्रम तथा गतिविधिमार्फत भारतलाई कोदोजन्यबालीको थलोको रुपमा स्थापित गर्न भारत सरकारले विभिन्न सरोकारवालासँग हातो मालो गरेको जनाएको छ ।

सम्मेलनको उद्घाटन पश्चात कार्यक्रममा उपस्थित अतिथि एवम् सहभागीले कोदोबाट बनेका विभिन्न परिकारको स्वादको मजालिएका छन् ।

भारतीय राजदूतावास, काठमाडौं यस्तै अर्थपूर्ण प्रयासमार्फत भारत र नेपालबीचको सम्बन्धलाई थप बलियो बनाउन एवम् स्वस्थ भविष्य निर्माणका लागि दीगो कृषिजन्य अभ्यासलाई प्रवर्धन गर्न प्रतिबद्ध रहेको जएको छ ।

Published : Saturday, 2023 March 18, 6:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया