परराष्ट्रसहित ८ उप–सचिवहरूलाई सह–सचिवमा बढुवाका लागि सिफारिस
काठमाडौं । सरकारले परराष्ट्र मन्त्रालयसहित आठ जना उप–सचिवहरूलाई सह–सचिवमा बढुवाका लागि सिफारिस गरेको छ ।
बढुवा सिफारिसमा पर्नेहरूमा प्रशासन सेवामा रामकृष्ण लामिछाने, विन्देश्वरप्रसाद लेखक, बद्रीनाथ गैरे र पार्वती अर्याल रहेको छन् ।
परराष्ट्र सेवामा शरदराज आरन र लक्ष्मण खनाल बढुवा सिफारिसमा परेका छन् । न्याय सेवाको सरकारी वकिल समूहमा मीना गुरुङ सिफारिसमा परेकी छिन् । लेखापरीक्षण सेवामा श्यामप्रसाद भण्डारी सिफारिस भएका छन् ।
प्रशासन सेवामा ६ जना, परराष्ट्र सेवामा ४ जना, न्याय सेवाको सरकारी वकिल समूहमा ३ जना र र लेखापरीक्षण सेवामा ३ जना लिखित परीक्षा उर्तिण गरेर अन्तरवार्ता चरणसम्म प्रवेश गरेका थिए ।
अन्तरवार्ता, मामिला प्रस्तुतीकरण र लिखित परीक्षासमेतको अंकका आधारमा उनीहरू सिफारिस भएका लोक सेवा आयोगले जनाएको छ ।
आयोगको आन्तरिक प्रतिस्पर्धाबाट प्रशासन सेवामा ४, परराष्ट्र सेवामा २, न्याय सेवाअन्तरगत सरकारी वकिल समूहमा १ र लेखापरीक्षण सेवामा १ गरी ८ जना सिफारिस भएका हुन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया