गगनसँग डराएका ओलीले एक हप्तापछि यस्ताे जवाफ फर्काए

काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले नेपाली कांग्रेसभित्र निकै ठूलो गडबडी भएको बताएका छन् ।

शुक्रबार संसद भवनमा पत्रकारहरूसँग कुरा गर्दै ओलीले भने, ‘एकजना अलिक चर्का कांग्रेसले कति सालपछि भेट हुन्छ भन्नुभएछ ।’

‘प्रतिपक्षमा भेट्न ०८४ साल पर्खिनुपर्छ ? अहिले भेट्नुभएको छैन’, ओलीले भने, ‘उहाँहरूको यो कुराले उहाँहरूभित्र निकै ठूलो गडबडी देखिन्छ । नत्र किन त्यस्तो बोल्नुप¥यो ? त्यहाँभित्र गडबडी होलान् । त्यसैकारण बोल्नुभएको हो कि ?’

एमालेका अध्यक्ष ओलीले डोमोक्रेटिक सिस्टममा हारजित हुने कुरा स्वाभाविक भएको बताएका छन् ।

‘अहिले साँठगाँठको सिस्टम भयो’, उनले भने, ‘यसमा कसले जित्यो कसले हा¥यो ? कसको शक्ति कति भन्ने नै भएन ? अहिले त जनमत पार्टीले उप–राष्ट्रपतिमा उम्मेदवार उठाएको छ । यस्तोमा के हिसाब हुन्छ ।’

ओलीले संघदेखि प्रदेशसम्म प्रतिपक्षमा पुगेपनि देश र जनताको पक्षमा काम गर्ने बताएका छन् । ओलीले आगामी रणनीतिबारे अहिल्यै भन्न आवश्यक नभएको बताएका छन् ।

नेपाली कांग्रेस महामन्त्री गगन थापालाई ओलीले नाम नलिएर जवाफ फर्काएका हुन् । फागुन २५ गते भएको राष्ट्रपतिको निर्वाचनपछि ओलीले कांग्रेससँग नमिल्ने भनेर आफूहरूले कसम नखाएको अभिव्यक्ति दिएका थिए । कांग्रेसका महामन्त्री थापाले अध्यक्ष ओलीलाई २०८४ सालसम्म त्यो सम्भव नभएको बताएका थिए ।

Published : Friday, 2023 March 17, 9:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया