प्रहरीबाट भागेका अंसिकलाल यादव पक्राउ
काठमाडौं । बारा जिल्लामा हतकडीसहित भागेका व्यक्तिलाई प्रहरीले पुनः पक्राउ गरेको छ ।
पचरौता नगरपालिका वडा नं. ८ बाजोपट्टी बस्ने ३६ वर्षीय अंसिकलाल यादवलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी पुरूषोत्तम पाण्डेले यादवलाई पक्राउ गरिएको पुष्टि गरेका छन् ।
यादव ज्यान मार्ने उद्योगका प्रतिवादी हुन् । कात्तिक १९ गते बिहान १० बजे बाजोपट्टीका कपिलदेव यादव, गोपाल यादव, दुगान्धी देवी समेतलाई उनीसहित ६ जनाले मिलेर ज्यान मार्ने मनसायले घेरा हालेर बाँस, फलाम लगायतले प्रहार गरेका थिए ।
घटनामा फरार रहेका अंसिकलाललाई प्रहरीले पुस ४ गते पक्राउ गरेको थियो । उनलाई प्रहरीले बाराको बेलाहीस्थित महावीर झन्डा मेलामा फेला पारेको थियो ।
मेलामा फेला पारी हतकडी लगाएर ल्याउने क्रममा मेलामा स्थानीय व्यक्तिहरूले प्रहरीसँग तानातान गर्ने क्रममा उनी भागेका थिए ।
खोजी गर्नेक्रममा उनलाई बिहीबार बारागढी गाउँपालिका–४ मा लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया