सवारी दुर्घटनामा ५ जनाको मृत्यु

काठमाडौं । दाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

लमही नगरपालिका–९ रिहारस्थित सडकमा रा.७ त २२८६ नम्बरको ट्याक्टरबाट लडेर सोही ठाउँ बस्ने २० वर्षीय करण बर्माको मंगलबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मकवानपुरको बकैया गाउँपालिका–१२ खोरभञ्ज्याङस्थित सडकमा ना.८ ख ५३३५ नम्बरको टिपर अनियन्त्रित भई मंगलबार साँझ दुर्घटना हुँदा टिपर चालक मकवानपुरगढी गाउँपालिका–२ अदुवाखर्क बस्ने २८ वर्षीय चन्द्र योन्जनको मृत्यु भएको छ ।

हेटौंडा उप–महानगरपालिका–११ थानाभ¥याङस्थित सडकमा मधेश प्रदेश ०३–००१ च ६९४३ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीया महिलाको बुधबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भोजपुरको रामप्रसाद राई गाउँपालिका–५ लुगेनीस्थित सडकमा ना.३ त ३४५९ नम्बरको ट्याक्टर अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा ट्याक्टर चालक सोही ठाउँ बस्ने १८ वर्षीय भीमबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको छ ।

सुनसरीको बर्जु गाउँपालिका–२ ढट्टाटोलस्थित सडकमा को.७ प ५६५ नम्बरको मोटरसाइकलबाट लडेर मोटरसाइकलमा सवार सोही गाउँपालिका–३ बस्ने ३६ वर्षीया चन्द्रकलादेवी रायको गएराति मृत्यु भएको छ ।

लडेर गम्भीर घाइते भएकी उनको कोशी अस्पताल विराटनगरमा उपचारकको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Published : Wednesday, 2023 March 15, 11:53 am

फेसबुकबाट तपाईको प्रतिक्रिया