भैंसेपाटीबाट जुवातास खेलिरहेको अवस्थामा कुँवरसहित १४ जना पक्राउ

काठमाडौं । प्रहरीले ललितपुरबाट १४ जनालाई जुवातासे खेलिरहेको अवस्थामा पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका–२५ भैसेपाटीस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा मंगलबार साँझ १४ जनालाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ४० वर्षीय अनिल कुँवरसमेत १४ जना छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर जावलाखेलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६१ हजार ९ सय ८० रुपियाँ र १ बुक ताससहित फेला पारी पक्राउ गरको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Published : Wednesday, 2023 March 15, 11:45 am

फेसबुकबाट तपाईको प्रतिक्रिया