कांग्रेसद्वारा गगन निकट समानुपातिक सांसद गिरी सचेतकमा नियुक्त
काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभाका संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले निमा गिरीलाई सचेतकमा नियुक्त गरेका छन् ।
नेता चौधरीले प्रदेश सभाकी समानुपातिक सांसद गिरीलाई सचेतकमा नियुक्त गरेका हुन् । गिरी प्यूठान जिल्लाबाट समानुपातिक सांसद बनेकी थिइन् ।
गिरी झिमरूक गाउँपालिका वडा नं. ७ प्यूठानकी निवासी हुन् । गिरी कांग्रेस लुम्बिनी प्रदेश सह–महामन्त्रीसमेत छिन् ।
यसअघि, संसदीय दलका नेता चौधरीले बर्दियाबाट निर्वाचित प्रदेश सांसद जन्मजय तिमिल्सिनालाई प्रमुख सचेतकमा नियुक्त गरिसकेका छन् ।
सचेतकमा नियुक्त भएकी गिरी नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा निकट मानिन्छिन् ।
Published : Tuesday, 2023 March 14, 10:19 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया