कांग्रेसद्वारा गगन निकट समानुपातिक सांसद गिरी सचेतकमा नियुक्त

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभाका संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले निमा गिरीलाई सचेतकमा नियुक्त गरेका छन् ।

नेता चौधरीले प्रदेश सभाकी समानुपातिक सांसद गिरीलाई सचेतकमा नियुक्त गरेका हुन् । गिरी प्यूठान जिल्लाबाट समानुपातिक सांसद बनेकी थिइन् ।

गिरी झिमरूक गाउँपालिका वडा नं. ७ प्यूठानकी निवासी हुन् । गिरी कांग्रेस लुम्बिनी प्रदेश सह–महामन्त्रीसमेत छिन् ।

यसअघि, संसदीय दलका नेता चौधरीले बर्दियाबाट निर्वाचित प्रदेश सांसद जन्मजय तिमिल्सिनालाई प्रमुख सचेतकमा नियुक्त गरिसकेका छन् ।

सचेतकमा नियुक्त भएकी गिरी नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा निकट मानिन्छिन् ।

Published : Tuesday, 2023 March 14, 10:19 am

फेसबुकबाट तपाईको प्रतिक्रिया