काभ्रेली युवकलाई मीनभवनबाट पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसनधान कार्यालय, मीनभवनले क्रोएसिया पठाइदिन्छु भनेर रकम ठगी गर्ने ४६ वर्षीय मेघलाल तामाङलाई पक्राउ गरेको छ ।

तामाङलाई प्रहरीले सोमबार १० बजेट मीनभवनबाट पक्राउ गरेको प्रवक्ता तथा एसपी सोमेन्द्रसिंह राठौरले जनाएका छन् ।

पक्राउ परेका तामाङलाई थप कारबाहीको लागि वैदेशिक रोजगार विभाग, बुद्धनगर पठाइएको छ ।

काभ्रेको रोशी गाउँपालिका वडा नं. ८ घर भएका तामाङले दोमी शेर्पासहित ३ जनालाई वैदेशिक रोजगारीको लागि वर्किङ भिषामा क्रोएसिया पठाइदिन्छु भनेर रकम असुली गरेको प्रहरीले जनाएको छ ।

तामाङले क्रोएसिया जान प्रतिव्यक्ति ७ लाख लाग्ने भनेर पीडितहरूबाट १५ लाख रुपियाँ लिएर फरार भएका थिए ।

सम्पर्क विहीन भएका तामाङले पीडितहरूलाई मासिक एक लाख रुपियाँ कमाइ हुन्छ भनेर प्रलोभन देखाएको प्रवक्ता राठौरले बताएका छन् ।

Published : Monday, 2023 March 13, 9:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया