काभ्रेली युवकलाई मीनभवनबाट पक्राउ
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसनधान कार्यालय, मीनभवनले क्रोएसिया पठाइदिन्छु भनेर रकम ठगी गर्ने ४६ वर्षीय मेघलाल तामाङलाई पक्राउ गरेको छ ।
तामाङलाई प्रहरीले सोमबार १० बजेट मीनभवनबाट पक्राउ गरेको प्रवक्ता तथा एसपी सोमेन्द्रसिंह राठौरले जनाएका छन् ।
पक्राउ परेका तामाङलाई थप कारबाहीको लागि वैदेशिक रोजगार विभाग, बुद्धनगर पठाइएको छ ।
काभ्रेको रोशी गाउँपालिका वडा नं. ८ घर भएका तामाङले दोमी शेर्पासहित ३ जनालाई वैदेशिक रोजगारीको लागि वर्किङ भिषामा क्रोएसिया पठाइदिन्छु भनेर रकम असुली गरेको प्रहरीले जनाएको छ ।
तामाङले क्रोएसिया जान प्रतिव्यक्ति ७ लाख लाग्ने भनेर पीडितहरूबाट १५ लाख रुपियाँ लिएर फरार भएका थिए ।
सम्पर्क विहीन भएका तामाङले पीडितहरूलाई मासिक एक लाख रुपियाँ कमाइ हुन्छ भनेर प्रलोभन देखाएको प्रवक्ता राठौरले बताएका छन् ।


बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया