ओखलढुंगाका सबै वडामा बिद्युतीकरण गर्न एक अर्बको टेण्डर, रामहरिले दिए कुलमानलाई धन्यावाद

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सांसद रामहरि खतिवडाले ओखलढुंगाका ७५ वटा वडाहरूमा विद्युत् विस्तारका लागि एक अर्बको ठेक्का निस्किएको जनाएका छन् ।

सोमबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग भेट गरेर ओखलढुंगाका सबै वडाहरूमा बिजुली बाल्ने र घर–घरमा सहज रुपमा लाइन पुर्‍याउने विषयमा सरसल्लाह भएको छ ।

खतिवडाले ओखलढुंगामा सबै वडाहरूमा विद्युतीकरणका लागि प्राधिकरणले लिएको अग्रसरता र पहलप्रति कार्यकारी निर्देशक घिसिङलाई धन्यावाद दिएका छन् ।

खतिवडाले भनेका छन्, ‘ओखलढुंगामा तुरुन्तै विद्युतीकरण ७५ वडामा गर्न आज कुलमान घिसिङसंग भेट गरिएको छ ।’
‘एक अर्ब जिल्लाभर बिद्युतीकरणका लागि टेन्डर भएको छ’, खतिवडाले भनेका छन् ।

उनले भनेका छन्, ‘अब ओखलढुंगाका ८ स्थानीय तहका प्रमुख र सरोकारवाला समेतलाई बैठक बोलाइ ओखलढुंगा एक कार्यक्रम गर्ने सहमति गरिएको छ ।’

कांग्रेस नेता खतिवडाको विशेष पहलमा प्राधिकरणले ओखलढुंगाका सबै ७५ वटा वडाहरूमा बिद्युतीकरण गर्ने काम अगाडि बढेको छ ।

Published : Monday, 2023 March 13, 6:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया