चापागाउँबाट बुद्धका निकै पुराना दुई वटा मूर्ति चोरी
चापागाउँ । ललितपुरको चापागाउँबाट निकै पुराना बुद्धका दुई वटा मूर्ति चोरी भएका छन् ।
चापागाउँमा रहेको आठौँ शताब्दीको ऐतिहासिक पुरातात्विक बुद्धको मूर्तिहरू चोरी भएको हो । प्रहरी वृत्त चापागाउँले पनि बुद्धका दुई वटा मूर्तिहरू चोरी भएको जनाएको छ । मूर्ति चोरहरूको खोजी भइरहेको छ ।
पुरानो बसपार्कसँगै मोती पुस्तकालय आडमा रहेको बुद्धको मूर्ति आइतबार राति चोरी भएको स्थानीयले बताएका छन् ।
बुद्ध चैत्यमा चार वटा मूर्ति रहेका थिए । यसअघि फागुन १७ गते पनि मूर्ति चोरी भएको थियो ।
चैत्यमा राखिएको चार मूर्तिमध्ये तीन वटा चोरी भइसकेको जनाइएको छ ।
बुद्धको मूर्ति भएको स्तूपा भत्काएर चोरी गरिएका अवस्थामा सर्वसाधरणाले भेट्टाएका छन् ।
यो चैत्य इस्वी संवत् ८२७ मा स्थापना गरिएको शिलालेखमा उल्लेख छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया