चापागाउँबाट बुद्धका निकै पुराना दुई वटा मूर्ति चोरी

चापागाउँ । ललितपुरको चापागाउँबाट निकै पुराना बुद्धका दुई वटा मूर्ति चोरी भएका छन् ।

चापागाउँमा रहेको आठौँ शताब्दीको ऐतिहासिक पुरातात्विक बुद्धको मूर्तिहरू चोरी भएको हो । प्रहरी वृत्त चापागाउँले पनि बुद्धका दुई वटा मूर्तिहरू चोरी भएको जनाएको छ । मूर्ति चोरहरूको खोजी भइरहेको छ ।

पुरानो बसपार्कसँगै मोती पुस्तकालय आडमा रहेको बुद्धको मूर्ति आइतबार राति चोरी भएको स्थानीयले बताएका छन् ।

बुद्ध चैत्यमा चार वटा मूर्ति रहेका थिए । यसअघि फागुन १७ गते पनि मूर्ति चोरी भएको थियो ।

चैत्यमा राखिएको चार मूर्तिमध्ये तीन वटा चोरी भइसकेको जनाइएको छ ।

बुद्धको मूर्ति भएको स्तूपा भत्काएर चोरी गरिएका अवस्थामा सर्वसाधरणाले भेट्टाएका छन् ।

यो चैत्य इस्वी संवत् ८२७ मा स्थापना गरिएको शिलालेखमा उल्लेख छ ।

Published : Monday, 2023 March 13, 10:49 am

फेसबुकबाट तपाईको प्रतिक्रिया