दाङको बेलभारमा महिलालाई सामूहिक बलात्कार, ३ जना पक्रउ

काठमाडौं । प्रहरीले दाङमा २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई पक्राउ गरेको छ ।

घोराही उप–महानगरपालिका–१७ बेलभार बस्ने २९ वर्षीय निर्मल चौधरीसहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूले ती माहिलालाई बेलभार चोकदेखि करिब १ सय मिटर पश्चिममा रहेको खाली जग्गामा लगेर जबरजस्ती करणी गरेको अभियोग लागेको छ ।

महिलाको उजुरीको आधारमा अस्यायी प्रहरी पोष्ट चौघेराबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको छ ।

जबरजस्ती करणीको घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Published : Sunday, 2023 March 12, 1:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया