ओखलढुंगाबाट काठमाडौं छुटेको बस सिन्धुलीमा दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौं । सिन्धुली जिल्लामा खचाखच यात्रु बोकेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

ओखलढुंगाको रुम्जाटारबाट काठमाडौंका लागि छुटेको बा २ ख ६५९६ नम्बरको बस सिन्धुलीको फिक्कल– ४ कुहीभीर भन्ने ठाउँमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको सिन्धुली प्रहरीका प्रवक्ता एवं डीएसपी चिरञ्जीवी दाहालले बताएका छन् ।

दुर्घटनामा २८ यात्रु घाइते भएका छन् । दुर्घटनाको पूर्ण विवरण आइसकेको छैन ।

विपरित दिशाबाट आएको बसलाई ठाउँ दिनेक्रममा भित्तामा ठोक्किएर बस दुर्घटना भएको हो ।

Published : Sunday, 2023 March 12, 12:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया