आर.आर. क्याम्पसमा खुकुरी हान्ने कम्युनिस्ट ‘गुण्डा’ पक्राउ

काठमाडौं । काठमाडौंको प्रदर्शनी मार्गस्थित आर.आर.क्याम्पसमा खुकुरी प्रहार गरेर आतंक मच्चाउने २७ वर्षीय मनोज चन्दलाई प्रहरीले पक्राउ गरेको छ ।

चन्दले शनिबार क्याम्पसहाताभित्र अन्धाधुन्द रुपमा विद्यार्थी नेताहरूमाथि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी सीताराम रिजालले बताएका छन् ।

स्ववियु निर्वाचनका क्रममा शनिबार आर.आर.क्याम्पसमा मनोनयन दर्ताका क्रममा विवाद हुँदा चन्दले खुकुरी प्रहार गरेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ परेका चन्द बैतडीको मेलौली नगरपालिका– ३ घर भई हाल काठमाडौंको सिफलमा बस्दै आएका थिए । चन्द नेकपा (एकीकृत समाजवादी) निकटकाे विद्यार्थी स‌गठनको स्थायी कमिटी सदस्य रहेको प्रहरीले जनाएको छ ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचित विथोल्ने हर्कत गर्ने चन्दलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले पक्राउ गरेको छ ।

आर.आर. क्याम्पसका विद्यार्थीले क्याम्पसभित्रै खुकुरी प्रहार गर्ने गुण्डालाई हदैसम्मको कारबाही माग गरेका छन् । उनीहरूले यस्ता गुण्डाहरू कै कारण क्याम्पसको स्ववियु निर्वाचिन विथोलिने अवस्था भएको टिप्पणी गरेका छन् ।

पक्राउ परेका चन्दलाई छुटाउन प्रहरीलाई राजनीतिक दवाव पनि पर्न सक्छ । आर.आर. क्याम्पसका विद्यार्थीले खुकुरी हान्ने गुण्डालाई छुटाउन प्रहरीलाई दवाव नदिन चेतावनी दिएका छन् । उनीहरूले चन्दलाई छुटाउन खोजिएर परिणाम उचित नहुने चेतावनी दिएका छन् ।

Published : Saturday, 2023 March 11, 6:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया