टिकट वितरण गर्न नेविसंघमा समिति गठन

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको लागि टिकट वितरण गर्न तीन सदसयीय समिति गठन गरेको छ ।

नेविसंघ अध्यक्ष दुजाङ् शेर्पाको नेतृत्वमा स्ववियुको टिकट वितरण गर्न तीन सदस्यीय समिति गठन भएको नेविसंघले जनाएको छ ।

समितिको सदस्यमा प्रेमिका राना र सिर्जना मल्ल रहेका छन् ।

नेविसंघमा टिकटलाई लिएर केही विद्यार्थी नेताहरूले विवाद गरिरहेका बेला टिकट वितरण गर्न समिति गठन भएको छ ।

Published : Saturday, 2023 March 11, 1:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया