यी पाँचबाट बन्न सक्छन् नयाँ आईजीपी, दाङले पनि पायो एआईजी
काठमाडौं । नेपाल प्रहरीका ५ जना प्रहरी नायब महानिरीक्षकहरूको प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा भएको छ ।
बढुवा हुनेमा डीआईजीहरू बसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य रहेका छन् ।
यी ५ जनाबाट नेपाल प्रहरीको भावी प्रहरी महानिरीक्षक (आईजीपी) हुनेछन् । अहिलेको सूचीअनुसार वरीयताको आधारमा आईजीपी बनाउने हो भने बसन्त कुँवर बन्ने सम्भावना छ ।
तर, सरकारले यी ५ जनामध्येबाट कार्यसम्पादन र मूल्यांकनका आधारमा जसलाई पनि आईजीपी बनाउन सक्छ ।
डीआइजीबाट एआईजीमा बढुवा हुनेमा दाङका श्यामलाल ज्ञवाली पनि परेका छन् । राप्ती गाउँपालिका सिसहनियाँ निवासी ज्ञवाली पनि आईजीपी बन्ने दौडमा परेका छन् ।
दाङले यसअघि दुई जना आईजीपी पाइसकेको छ । प्रकाश अर्याल र ठाकुर ज्ञवालीलाई दाङले आईजीपीका रुपमा पाएको थियो ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया