गगन थापाको जवाफ सुनेपछि बालकोटमा सन्नाटा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेसँग अब ५ वर्षपछि मात्रै सहकार्य हुने बताएका छन् ।

बिहीबार राष्ट्रपतिको निर्वाचनका बेला नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै थापाले बिक्रम संवत २०८४ सालअघि नेकपा (एमाले)सँग सहकार्य हुन नसक्ने बताएका हुन् ।

उनले अहिले नै एमालेसँग सहकार्य सम्भव नहुने बताएका छन् । महामन्त्री थापाले भने, ‘एमालेसँगको सहकार्य २०८४ पछि सम्भव हुनसक्छ, त्योअघि माफ गर्नुहोला ।’

‘प्रमुख प्रतिपक्षी दलको नेता भेट्न हामी बालकोटमै आऊँला’, उनले भनेका छन् ।

राजनीतिमा पटक–पटक झुक्याउन नसकिने भन्दै थापाले कांग्रेसलाई अवमूल्यन नगर्न चेतावनी दिएका छन् ।

थापाले भने, ‘पटक–पटक झुक्याउन सकिँदैन । हामीलाई यति अवमूल्यन नगर्न आग्रह गर्दछु ।’

एमाले अध्यक्ष खड्गप्रसाद ओलीले आफूहरू कांग्रेससँग पनि मिल्न सक्ने बताएका थिए ।

ओलीलाई जवाफ दिँदै कांग्रेसका महामन्त्री थापाले ५ वर्ष अगाडि एमालेसँग सहकार्य नहुने बताएका हुन् ।

एमालेका अध्यक्ष ओलीले कांग्रेसलाई विभिन्न खालका चारोहरू हालिरहेका बेला महामन्त्री थापाले गतिलो जवाफ दिएका छन् ।

Published : Thursday, 2023 March 9, 8:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया